दिल्ली–मास्को सम्बन्धमाथि अमेरिकी टिप्पणीः भारतका लागि हामी छौं

२०७९ असार १५, बुधबार
पढ्ने समय : < 1 मिनेट

असार १५
नयाँ दिल्लीसँग सम्बन्ध राख्न तयार नभएका बेला दशकौंदेखि नयाँ दिल्ली र मास्कोबीचको सम्बन्ध विकसित हुँदै आएको छ । यो सम्बन्धबारे अमेरिकाले चाँसो राखेको छ । ‘हामीले हाम्रा भारतीय साझेदारहरूसँग धेरै छलफल गरेका छौं र हामीले निकालेको निश्कर्ष के हो भने प्रत्येक देशले मास्कोसँग फरक सम्बन्ध राख्दैछ,’ अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले पत्रकार सम्मेलनमा भनेका छन् ।

रुससँग भारतको सम्बन्ध धेरै दशक लागेर निर्माण भएको थियो। देशहरूले (अहिले) मास्कोसँगको आफ्नो सम्बन्धलाई पुनर्स्थापित गर्न खोज्दा हामीले धेरैले गरेको देखेका छौं, यो क्रमिक प्रक्रिया हुनेछ,’ उनले अघि भने ।

‘तर यो सबैमा हामीले हाम्रा भारतीय साझेदारहरूलाई स्पष्ट गरेका छौं कि हामी तिनीहरूका लागि छौं, हामी तिनीहरूसँग साझेदारी गर्न तयार, सक्षम र इच्छुक छौं र हामीले त्यसै गरेका छौं,’ उनले थपे ।

निःसन्देह रुपमा हामीले हाम्रा भारतीय साझेदारहरूसँग दुई प्लस दुइ संवाद धेरै पहिले नै गरेका थियौं। हामी प्रधानमन्त्री नरेन्द्र मोदीलाई आईटूयूटू (क्ष्द्दग्द्द न्चयगउष्लन या– क्ष्लमष्ब, क्ष्कचबभ,ि ग्क्ब् बलम ग्ब्भ्)को सन्दर्भमा फेरि एक पटक देख्नेछौं, भारतलाई हामीसँग भएका सबै साझेदारीमा समावेश गर्ने उद्देश्यले क्वाड झैं यूएई र इजरेलसँगको साभेदारीमा समेत भारत समावेश हुनेछ,’ उनले भने।

रुसले युक्रेनमाथि आक्रमण गरेपछि भारतको स्वतन्त्र रणनीतिक विदेश नीतिले नयाँ दिल्लीलाई अन्तर्राष्ट्रिय स्पटलाइटमा राखेको छ। क्वाड ग्रुपिङमा वाशिङटनसँग नयाँ दिल्लीको बढ्दो संलग्नतालाई ध्यानमा राख्दै धेरैले भारतले युक्रेनको पक्षधारण गरेर रुस विरुद्धमा जाने अपेक्षा गरेका थिए ।

रुससँग भारतको सम्बन्ध निकै लामो भएको र यस सम्बन्धलाई तोड्न कति धेरै जटिल हुन्छ भन्ने कुरा अमेरिकाले प्रायः सार्वजनिक रूपमा स्वीकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय