अमेरिकी साम्राज्यवादी हस्तक्षेप विरुद्ध चन्द्रौटामा बिरोध प्रदर्शन

२०७९ जेष्ठ २८, शनिबार
पढ्ने समय : < 1 मिनेट

जेठ २८
नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुद्वारा , अमेरिकी साम्राज्यवादी हस्तक्षेप विरुद्ध बिरोध प्रदर्शन गरेको छ । चन्द्रौटाको खसिबजार देखि सुरु भएको र्याली चन्द्रौटा चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । उक्त बिरोध सभालाइ सम्बोधन गर्दै ,पार्टी केन्द्रिय सदस्य भेषराज भुसाल ले सरकारको योजनामा अमेरिकी बिदेश उपमन्त्रीको तिब्बत भ्रमण प्रती नेपाल कम्युनिष्ट पार्टी को गम्भीर ध्यानाकर्षण भएको बताउनु भयो ।
साथै उहाले यति बेला देश गम्भीर संकटमा रहेकोले सबै रास्ट्रवादी जनताहरु एकताबद्द भएर एमसिसि लाई खारेज गर्नको निम्ति जनतामा आबहान गर्नु भयो । कार्यक्रमको सन्चालन जिल्ला सेक्रेटरी कमल केसि ले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय