इको पहिरो निरीक्षण गर्न चिनियाँ राजदूत तातोपानीमा

२०८३ बैशाख २०, आईतवार
पढ्ने समय : < 1 मिनेट

बैशाख २०
नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ तातोपानी पुगेका छन् । नेपाल–चीन सीमाक्षेत्र लिपिङमा रहेको चर्चित पहिरोको निरीक्षण गर्न उनी त्यहाँ पुगेका हुन्। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले दिएको जानकारी अनुसार झाङ चिनियाँ बजार खासा हुँदै नेपाल प्रवेश गरेका हुन् ।उनको नेतृत्वमा ६ जनाको चिनियाँ टोली इको पहिरो निरीक्षण गर्न आएको हो। वर्षाले पाँच दिनदेखि तातोपानी नाकामा आयात पूर्ण रूपमा बन्द छ। अध्यागमन कार्यालय कोदारीले बताए अनुसार खासाबाट राजदूतसहित ६ चिनियाँ लिपिङ प्रवेश गरेका हुन् ।
टोलीले पहिरोको स्थलगत रिपोर्ट तयार पारेर फर्केको छ। पहिरो नियन्त्रण गर्न चिनियाँ कम्पनीले कहिलेदेखि काम गर्छ भन्ने निश्चित छैन। राजदूतको टोली आधा घण्टा समयमा पहिरोको निरीक्षण गरेर खासा फर्केको थियो। नेपाल हिमालय सीमापार वाणिज्य संघका कार्यसमिति सदस्य शारदाप्रसाद पराजुलीले चिनियाँ टोली अवलोकन गर्न मात्र आएको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय