नेपालमा नयाँ चिनियाँ परियोजना प्रारम्भ

२०८२ भाद्र १७, मंगलवार
पढ्ने समय : < 1 मिनेट

 

भदौ १७
नेपालमा पहिलोपटक चिनियाँ भाषा र व्यवसायिक सीप केन्द्रको शुभारम्भ गरिएको छ। केन्द्रले चिनियाँ भाषा र विद्युतीय प्रविधिगत तालिमको संयोजन गर्दै स्थानीय युवामाझ दक्ष, प्राविधिक तथा व्यवस्थापन क्षेत्रमा योग्य जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको बताइन्छ।
चीनको हेनान प्रान्तको चङ्चौ इलेक्ट्रिक पावर कलेज र पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइनाअन्तर्गतको सिनो–हाइड्रो ब्युरो ११ कम्पनीको विदेशी व्यवसाय विभागको सहकार्यमा परियोजना अघि बढाइएको छ । सिनो–हाइड्रो ब्युरो ११ कम्पनी नेपालमा चार दशकदेखि कार्यरत छ ।
उक्त विभागका नेपाल परियोजना प्रबन्धक जियाङ छि सियाओले व्यवसाय विस्तारमा स्थानीय दक्ष जनशक्तिको भूमिकालाई गहिरो रूपमा बुझेको बताएका छन् । उनले नयाँ केन्द्रमार्फत चिनियाँ भाषा सिकाइ र प्राविधिक तालिमको संयोजनलाई ‘ट्यालेन्ट बोटलनेक’ समाधान गर्ने महत्वपूर्ण कदमका रूपमा लिइएको उल्लेख गरे ।
सोही कलेजका वरिष्ठ अधिकारी थिआन शिलिले उद्घाटन समारोहमा भिडियो सम्बोधन गर्दै उक्त केन्द्रले नेपाली विद्यार्थीलाई चिनियाँ भाषा सिक्ने, व्यवसायिक सीप हासिल गर्ने र व्यक्तिगत सपना साकार गर्ने अवसर दिलाउने वचनबद्धता जनाएकी छन् । उनले परियोजना सांस्कृतिक आदानप्रदान र जनस्तरको मित्रतालाई मजबुत बनाउने पुल बन्ने आशा पनि व्यक्त गरिएको छ ।
चीन–नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा थालिएको संयुक्त परियोजना नेपाली युवाको रोजगारी प्रतिस्पर्धाको क्षमता बढाउन नयाँ बाटो खोलिएको चिनियाँ राजदूतावासका काउन्सिलर वाङ सिनको भनाई छ ।
सन् २०२१ यता विश्वका २५ देशमा ३५ वटा यस्ता केन्द्र स्थापना भइसकेका छन् । चीनको शिक्षा मन्त्रालयअन्तर्गत भाषा शिक्षा तथा सहकार्य केन्द्रका उपनिर्देशक यु थिआनछीले ललितपुरस्थित उक्त केन्द्रले उद्यमहरूको आवश्यकता पूरा गर्ने, स्थानीय विकास र सांस्कृतिक आदानप्रदानलाई प्रवद्र्धन गर्ने र चीन–नेपाल सभ्यताबीच आपसी सिकाइ तथा पुस्तौंपुस्तासम्म मित्रता बढाउने अपेक्षा व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय