११५ केजी बुद्धचित्त माला र १२ लाख नगदसहित दुई चिनियाँ पक्राउ

२०८२ श्रावण ३०, बिहीबार
पढ्ने समय : < 1 मिनेट

साउन २९
प्रहरीले ठूलो मात्रामा बुद्धचित्त माला र स्रोत नखुलेको नगदसहित २ चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।जिल्ला प्रहरी परिसर काठमाडौँले बुधबार राति ठमेलबाट उनीहरुलाई पक्राउ परेको हो।
प्रहरीका अनुसार ११५.६५ केजी बुद्धचित्त माला र १२ लाख ७० हजार नगद समेत फेला परेको परिसरका एसपी अपीलराज बोहोराले जानकारी दिए।त्यस्तै उनीहरूको साथबाट ३ वटा मोबाइल फोन र २ वटा पासपोर्ट समेत बरामद गरिएको प्रहरीले जनाएको छ।उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय