नेपाल र चीनबिचको सम्बन्ध चुम्बकजस्तो शिक्षा मन्त्री पन्त

२०८२ श्रावण २७, सोमबार
पढ्ने समय : < 1 मिनेट

साउन २६
शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले नेपाल र चीनबिचको सम्बन्ध चुम्बकजस्तो भएको बताएका छन् । जापानी हस्तक्षेपको प्रतिरोध र फासीवादविरोधी युद्धमा विजय भएको ८० औँ वर्ष पारेर चिनियाँ दूतावासले आइतबार साँझ आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पन्तले यस्तो बताएका हुन् ।
चीनको अदम्य साहस र महत्वकाक्षाबाट नेपालले धेरै कुरा सिक्न सक्ने समेत उनले बताए । चीन विस्तारै विश्व व्यवस्थाको निर्णायक बन्दै गएको बताउँदै मन्त्री पन्तले भने, ‘नेपालको विकासमा चीनले जुन भूमिका खेलेको छ,त्यो भूमिका अन्य देशले सायदै निभाएका होलान् ।’मन्त्री पन्तले दुई देशबिचको सहकार्यमा शिक्षा क्षेत्रमा ठुलो क्रान्ति ल्याउन सकिने समेत बताए ।
कार्यक्रममा बोल्दै नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नेपालसँग सहकार्य गर्न चीन सधैँ सकारात्मक रहेको बताए । उनले शान्तिपूर्ण विकास नै चीनको विशेषता रहेको समेत बताए । जापानी आक्रमणविरुद्धको लडाइँ र फासीवादविरुद्धको सङ्घर्ष सफल भएको ८०औँ स्मृतिमा चिनियाँ दूतावासले विद्यार्थीहरूको लागि पाँच विधामा प्रतियोगितासमेत आयोजना गरिएको थियो । नृत्य,गीत,चित्रकला,वक्तृत्वकला र भेषभुषाको प्रतियोगितामा राजधानीका एक दर्जन बढी विद्यालयका विद्यार्थीहरूले भाग लिएका थिए ।
प्रतियोगिताका विजेताहरूलाई मन्त्री पन्त र राजदूत छन् सोङले संयुक्त रूपमा पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय