भारतमाथि हुने आतंकवादी आक्रमण सह्य हुँदैन नेता रिजाल

२०८२ श्रावण २६, आईतवार
पढ्ने समय : < 1 मिनेट

साउन २५
नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले भारतमाथि हुने आतंकवादी आक्रमण नेपालका लागि सह्य नहुने बताएका छन्।
काठमाडौँमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाल कुनै पनि देशमाथि हुने आतंकवादी आक्रमणको विपक्षमा रहनुपर्ने बताएका हुन्। ‘कुनै पनि बहानामा भारतमाथि हुने आतंकवादी आक्रमण, भारतमात्रै होइन अन्य देशहरू माथि पनि हुने आतंकवादी आक्रमण नेपालका लागि सह्य हुँदैन,’ उनले भने, ’नेपालको भूमि आतंकवादका लागि प्रयोग गर्न दिइँदैन। अरु गतिविधिका लागि पनि हामी नेपाली भूमि प्रयोग हुन दिँदैनौँ।’
उनले एक चीन नीतिमा स्पष्ट रहेको बताए। उनले नेपालका केही सरकारले एक चीन नीतिलाई एक चीन सिद्धान्तकै रुपमा अघि बढाएकोमा आपत्ति जनाए।
’एक चीन नीति…। अहिले त कुनै कुनै सरकारले एक चीन सिद्धान्त नै भनेका छन् नीतिबाट पनि बुरुक्कै उफ्रिएर,’ उनले भने, ’कुनै पनि मित्रराष्ट्रको अहितका लागि भूमि प्रयोग हुन दिँदैनौँ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय