ओली भन्छन राम नेपालमै जन्मिएका हुन्, प्रचार गर्न किन डराउने

२०८२ असार २३, सोमबार
पढ्ने समय : < 1 मिनेट

असार २३
प्रधानमन्त्री केपी शर्मा ओलीले राम नेपालमै जन्मिएको दाबी गरेका छन्। सोमबार काठमाडौंमा नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उने यस्तो दाबी दोहो¥याएका हुन्। यसअघि पनि पटक–पटक प्रधानमन्त्री ओलीले भगवान श्रीरामको जन्मभूमि चितवनको माडीस्थित ठोरीमा भएको दाबी गरेका थिए।
कसैले त्यत्तिकै कथा हालेर रामको जन्मभूमि बदल्न नसक्ने उनको भनाइ छ। उनले राम जन्मभूमि अहिले नेपालमा पर्ने र तर्कसंगत हिसावले पनि अन्यत्र हुन नसक्ने बताए।
‘हामी टुरिजमको कुरा गर्छौं तर नेपालमा राम जन्मिएको अन्त कसैले त्यत्तिकै कथा हालेर हुन्छ। फलानो ठाउँमा जन्मिएको भनेर राम जन्मिएको नेपालमा हो। नेपालको भूमिमा पर्छ, त्यो ठाउँ अहिले उसबेला पनि नेपालमै थियो भन्दिनँ म के थियो, के थिएन, थारु गाउँ थियो कि के थियो? तर अहिले त्यो भूभाग नेपालमा पर्दछ,’ उनले भने, ’राम भगवान हुन् भने मान्नु नमान्नु आफ्नै कुरा हो। जसले रामलाई भगवान मान्छ, रामको जन्मभूमि पवित्र छ। यति प्रचार गर्न सक्दैनौँ हामी यति भन्न सक्दैनौँ यति आँट गर्दैनौँ। अफ्ठ्यारो लाग्छ। को रिसाउँछ जस्तो लाग्छ, साँचो बोल्दाखेरी रिसाउँछ जस्तो लाग्छ भने अनि हामीले के गरी खान्छौँ। शिव यहीँका हुन्, विश्वामित्र यहीँका हुन्।’उनले यी सबै विषय रामायण, वाल्मीकिकृत रामायणमा उल्लेख भएको बताए। उनले थपे, ’वाल्मीकिकृत रामायणमा कोशी नदी तरेर पश्चिम गएर राम लक्ष्मणलाई शिक्षा दिए विश्वामित्रले भनेको छ। मैले लेखेको होइन त्यो। विश्वामित्र चतराका हुन् भन्ने स्पष्ट छ।’
प्रधानमन्त्री ओलीले पर्यटन बोर्डले नेपालको प्रचार गर्न विदेश जानुपर्ने काम नरहेको बताए। अनलाइनका माध्यमबाट नेपालबाटै प्रचारप्रसार गर्न सकिने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय