भारतले गण्डकीका ७ स्वास्थ्य संस्थालाई दियो एम्बुलेन्स

२०८२ जेष्ठ ३२, शनिबार
पढ्ने समय : < 1 मिनेट

जेठ ३१
भारत सरकारले गण्डकी प्रदेशका विभिन्न स्वास्थ्य सङ्घ संस्थालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । आज भएको एक कार्यक्रमका बिच पेन्सन कार्यालय प्रमुख लेफ्टिनेन्ट कर्णेल प्रशान्त सिंह बगेलले स्वास्थ्य संस्थाका प्रतिनिधिहरूलाई चाबी हस्तान्तरण गरेका हुन्। नेपाल भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत एम्बुलेन्स दिइएको उनले सुनाए ।


कार्यालयका अनुसार तनहुँका २ संस्थाले एम्बुलेन्स पाएका छन् । म्याग्दे गाउँपालिका स्थित मनपाङ हेल्थपोष्ट र आँबुखैरेनी अस्पताललाई एक–एक एम्बुलेन्स दिइएको छ। यस्तै, गोरखामा पनि २ संस्थाले एम्बुलेन्स पाए । गोरखा जिल्ला अस्पताल र गोरखा वडा नम्बर ६ लाई छुट्टाछुट्टै वितरण गरिएको हो ।

यसबाहेक पर्वतको आर्थर डाँडाखर्क हेल्थ पोष्ट, स्याङजाको गल्याङ नगर अस्पताल, म्याग्दीको बेनी अस्पताललाई पनि एम्बुलेन्स वितरण गरिएको पेन्सन क्याम्प पोखराका जनसम्पर्क अधिकारी भूषण पाण्डेले जानकारी दिए ।
एम्बुलेन्स हस्तान्तरणपछि बोल्दै बगेलले दुई देशबिचको मित्रताको प्रतीक स्वरूप एम्बुलेन्स हस्तान्तरण गरेको बताए । ’नेपाल र भारत बिचको सम्बन्ध छिमेक मात्र होइन, पारिवारिक छ,’ उनले भने, ’एम्बुलेन्स हस्तान्तरण दुई देशबिचको असल मित्रताको प्रतीक हो ।’
एम्बुलेन्स जनसङ्ख्या र भारतीय सेनामा काम गरेकाहरूको सङ्ख्याका आधारमा दिइएको उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय