इलामका अशक्त विद्यार्थीलाई चिनियाँ सहयोग

२०८२ जेष्ठ १७, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

जेठ १६
युनिभर्सल फेथ कलेक्टिभ (युएफसी) फाउण्डेसन र श्री चि ल कल्चर फिल्म वल्र्र्डले इलामे बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री, विद्यालय पोशाक र दैनिक आवश्यकताका सामाग्रीसँगै लत्ता कपडा वितरण गरेको छ ।
इलाम नगरपालिका वडा नम्बर ५ स्थित अमर माविमा सञ्चालित अपाङ्गता स्रोत कक्षाका २१ जना विद्यार्थीलाई शुक्रबार एक कार्यक्रममा युएफसी फाउण्डेशनका प्रतिनिधि गोपाल कोइराला र चिनियाँ प्रतिनिधिहरुले ती सामाग्री हस्तान्तरण गरेका थिए । फाउण्डेशन र चि ल कल्चरले नेपालका विभिन्न जिल्लाका विपन्न र अशक्त छात्र छात्राहरुलाई आवश्यकता अनुसार सहयोग गर्दै आएको छ । इलाम, काठमाण्डौं, जाजरकोट र रुकुमका पाँच हजार नौ सय विपन्न तथा अशक्त विद्यार्थीहरुलाई यस वर्ष फाउण्डेसन र कल्चरले सहयोग गर्ने फाउण्डेसनका गोपाल कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय