जेठ ५
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको साताव्यापी भ्रमणमा जाने भएकी छन् ।
चिनियाँ कम्युनिस्ट पार्टी र चीन सरकारको निमन्त्रणामा पूर्वराष्ट्रपति भण्डारी यही जेठ १० गते चीन भ्रमणमा जाने कार्यक्रम रहेको उनको निजी सचिवालयले पुष्टि गरेको छ ।
‘जेठ १० गते चीन भ्रमणमा जाने कार्यक्रम तय भएको छ’, भण्डारीको सचिवालयले भन्यो, ‘कति सदस्यीय टोली र के के कार्यक्रम भन्ने निश्चित हुने क्रममै रहेको छ ।’ भण्डारीसँग नेकपा (एमाले) का केही नेताहरू समेत चीन भ्रमणमा जाने बताइएको छ ।
चीन भ्रमणमा रहँदा पूर्वराष्ट्रपति भण्डारीले उच्च राजनीतिक भेटघाट समेत गर्ने कार्यक्रम तय भएको छ, तर को कोसँग भेटवार्ता हुने भन्ने अहिलेसम्म खुलाइएको छैन। ।
नेपालका कम्युनिस्टहरूबिच एकता हुनुपर्ने आवाज कम्युनिस्ट कार्यकर्तास्तरमा उठिरहेका बेला पूर्वराष्ट्रपति भण्डारी चीन भ्रमणमा जान लागेकी हुन् ।
कम्युनिस्ट एकताको पक्षमा रहेकी भण्डारी एमालेको सक्रिय राजनीतिमा आउनसमेत प्रयासरत छन् ।






