जेठ ५
राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे चीनको ६ दिने औपचारिक भ्रमणका लागि आज अपराह्न चीनको शान्सी प्रान्तको सियान शहर तर्फ प्रस्थान गरेकी छन ।
उपाध्यक्ष विमला घिमिरे ८ सदस्यीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गरेकी छन ।
मित्रराष्ट्र चीनको शान्सी प्रान्तको सियान शहरमा यही जेठ ५ गतेदेखि १० गते सम्म आयोजना गरिएको शाङ्घाई सहयोग संगठन गरिबी न्यूनीकरण र दिगो विकास मञ्च (क्जबलनजबष् ऋययउभचबतष्यल ँयचगm यल एयखभचतथ च्भमगअतष्यल बलम क्गकतबष्लबदभि म्भखभयिऊभलत) र नवौं सिल्क रोड अन्तर्राष्ट्रिय प्रदर्शनी र पूर्व र पश्चिम चीन बीच सहयोगको लागि लगानी तथा व्यापार मञ्च (९तज क्ष्पि च्यबम क्ष्लतभचलबतष्यलब िभ्हउयकष्तष्यल बलम तजभ क्ष्लखभकतmभलत बलम त्चबमभ ँयचगm ायच ऋययउभचबतष्यल दभतधभभल भ्बकत बलम ध्भकत ऋजष्लब) कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । दुबै कार्यक्रममा उपाध्यक्ष घिमिरेले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
उपाध्यक्ष घिमिरे संगै प्रतिनिधि सभा सदस्यद्वय माननीय दिनेशकुमार यादव र उर्मिला माझी र राष्ट्रिय सभाका माननीय सदस्यद्वय बेदुराम भुसाल र सुमित्रा बिसी, संसद सचिवालयका उपसचिव पुष्पप्रकाश मल्ल, शाखा अधिकृत नविन भट्टराई र उपाध्यक्षका स्वकिय सचिब प्रेमबहादुर सिंह प्रतिनिधि मण्डलमा सहभागी रहेका छन ।
चीन भ्रमण सकेर जेठ १० गते प्रतिनिधि मण्डल स्वदेश फर्कने कार्यक्रम छ।






