भारतीय सीमामा गतिविधि शंकास्पद देखिएपछि चिनियाँ नागरिक एसएसबीको नियन्त्रणमा, दुई नेपाली रिहा

२०८२ जेष्ठ ४, शनिबार
पढ्ने समय : < 1 मिनेट

जेठ ३
सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित सीमावर्ती क्षेत्रमा शंकास्पद गतिविधिपछि एक चिनियाँ नागरिक भारतीय सुरक्षा बल (एसएसबी)को नियन्त्रणमा परेका छन्। भारतीय सुरक्षाकर्मीहरूले शुक्रबार दिउँसो चिनियाँ नागरिक यु सिचाओ र दुई जना नेपालीलाई नियन्त्रणमा लिएका थिए।
बरियारपट्टीको दसगजा क्षेत्र नजिक भारततर्फको फोटो खिचिरहेको देखेपछि उनीहरूलाई सीमाक्षेत्रबाट नियन्त्रणमा लिएको भारतीय प्रहरी स्रोतले जनाएको छ। यद्यपि अनुसन्धानपछि दुई जना नेपाली नागरिकलाई शुक्रबार राति नै रिहा गरिएको थियो भने चिनियाँ नागरिक यु सिचाओ भने अहिलेसम्म एसएसबीकै हिरासतमा छन्।
सशस्त्र प्रहरी बलको बरियारपट्टी बोर्डर आउट पोस्ट स्रोतका अनुसार चिनियाँ नागरिक जीवछ साहको घर छेउबाट पक्राउ परेका हुन्। सीमावर्ती क्षेत्रमा विदेशी नागरिकको गतिविधि शंकास्पद देखिन थालेपछि भारतीय सुरक्षा संयन्त्र अझै सतर्क बनेको छ। यस घटनापछि सीमा क्षेत्रमा सुरक्षा निगरानी थप कडा बनाइएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय