चीनमा नेपाललाई वर्ष २०२५ को ‘लोकप्रिय सांस्कृतिक गन्तव्य’ घोषणा

२०८२ जेष्ठ ३, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

जेठ २
नेपाललाई चीनको ग्वान्झाओमा सम्पन्न ग्वान्झाओ अन्तर्राष्ट्रिय पर्यटन मेला (जीआईटीएफ–२०२५) मा ‘लोकप्रिय सांस्कृतिक पर्यटन गन्तव्य’ उपाधि प्रदान गरिएको छ ।
सांस्कृतिक प्रस्तुतिबाट प्रभाव पार्दै नेपालले चिनियाँ पर्यटन बजारमा गहिरो छाप छाडेको नेपाल पर्यटन बोर्डले जनाएको छ । १५ देखि १७ मे मा मेला आयोजना गरिएको थियो ।
मेलामा नेपाली प्याभिलियनले विश्वविख्यात पदयात्रा मार्ग, युनेस्को सूचीमा परेका सम्पदा, धार्मिक र ग्रामीण पर्यटन अनुभव प्रदर्शन गरेको बोर्डले जनाएको छ । सांस्कृतिक नृत्य, बीटुबी व्यापार बैठक र जानकारीमूलक सत्र पनि आयोजना गरिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय