आफ्ना नागरिकलाई नेपाल–भारत सीमाक्षेत्र नजान चिनियाँ दूतावासको आग्रह

२०८२ बैशाख २६, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

वैशाख २६
नेपालस्थित चिनियाँ दूतावासले चिनियाँ नागरिकहरूलाई नेपाल–भारत सीमावर्ती क्षेत्रहरूमा नजान सुझाव दिएको छ ।
दूतावासले आफ्नो वीच्याट च्यानलमा एक पोस्ट गर्दै भनेको छ, ‘नेपाल र भारत दुवैले सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाएका छन्, त्यसैले भारतीय भूमिमा गल्तीले छिर्ने सम्भावनाबाट सतर्क रहन आवश्यक छ ।’
उक्त सन्देशमा भनिएको छ, ‘नेपाल–भारतको सीमा खुला छ, त्यसैले व्यक्तिगत लापरबाहीका कारण भारतीय भिसा बिना भारतीय भूमि गल्तीले नछिर्नुहोस् ।’
भारत–पाकिस्तानबीच बढ्दो तनावका कारण भारत र नेपाल दुवैले सीमाक्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय