बैशाख २२
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन् ।
भारत भ्रमणमा रहेका मुख्यमन्त्री शाह र आदित्यनाथबीच उत्तरप्रदेशका मुख्यमन्त्रीको लखनउस्थित सरकारीनिवासमा भेटवार्ता भएको हो ।
मुख्यमन्त्री आदित्यनाथले सामाजिक सञ्जालमार्फत भेटवार्ताबारे जानकारी गराएका छन् । ‘आज लखनउस्थित सरकारीनिवासमा नेपालको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र प्रतिनिधिमण्डलसँग शिष्टाचार भेट भयो,’ उनले लेखेका छन् ।शाह नेतृत्वको प्रतिनिधिमण्डल गत मंगलबार काठमाडौंबाट एक साता लामो भ्रमणका लागि भारतको नयाँ दिल्ली प्रस्थान गरेको थियो ।
भ्रमण टोलीमा सुदूरपश्चिम प्रदेशका मन्त्रीहरू, प्रदेश सभा सदस्यहरू, मुख्यसचिव, सचिव र सचिवालयका केही सदस्य सहभागी छन् । टोली सोमबार नै लनखउबाट स्थलमार्ग हुँदै कैलाली फर्किंनेछ ।मुख्यमन्त्री शाहले नेपालमै पहिलो पटक भारत सरकारको औपचारिक निमन्त्रणामा प्रदेश सरकारको टोली भ्रमणमा गएका हुन् ।
दिल्लीमा रहँदा उनले दिल्लीमा संघीय मन्त्रीहरूसँग भेटघाट गरेका थिए। भने विवेकानन्द अन्तर्राष्ट्रिय फाउण्डेसन संघसँगको अन्तरक्रियामा भाग लिएका थिए ।






