गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चिनिया निर्माण कम्पनि नर्थ वेष्ट द्धारा गम्भीर त्रुटि, वाइडबडी जहाज सञ्चालन गर्न नसकिने

२०७९ बैशाख १६, शुक्रबार
पढ्ने समय : 2 मिनेट

 

नेपालको नागरिक उडड्यनको क्षेत्रमा विशेष महत्वका साथ हेरिएको राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण र डिजाइनमा नै गम्भीर त्रुटि भेटिएको छ । विमानस्थलको धावन मार्गमा जहाज अवतरण पछि ट्रनिङ स्पेस नपुग्ने समस्या देखिएको हो । जसको कारण गर्दा उक्त विमानस्थलमा तत्काल नै वाइडबडी जस्ता ठूला जहाज सञ्चालन गर्न नसकिने भएको छ।

बिहिबार परीक्षण उडानको लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा आएको नेपाल एअरलाइन्सको राष्ट्रिय ध्वजाबाहक जहाज ए–३३० रनवेमै अड्किएको थियो । जहाज अवतरण भएपछि पार्किङमा लैजाने क्रममा घुम्ती नपुगेपछि रनवेमै अड्किएको हो। जहाज २–८ रनवेबाट ल्याण्ड हुनुपर्ने हो । तर पाइलटले नयाँ विमानस्थल भएको कारण गर्दा २–८ रनवेमा ल्याण्ड गर्न असहज महसुस गरेका थिए । र अर्को विकल्प मागे । प्राविधिकहरुले १–० रनवेमा अवतरण गर्न अनुमति दिए । त्यसपछि उक्त रनवेमा जहाज सुरक्षित तरिकाले अवतरण भएपनि मोड्नको लागि स्पेस पुगेन । र टोइङ गर्नुपर्यो । टोइङ भनेको जहाज आफ्नै क्षमतामा रनवेबाट फर्कन नसकेपछि टोइङ भेक्कलको मदतमा तान्नु हो ।
उक्त जहाजका पाइलट रमन घिमिरेले तत्काल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडीले उडान भर्न सक्ने अवस्था नरहेको बताएका छन् । धावनमार्ग विस्तार र ट्रर्निङ स्पेस थप गरेपछि मात्र वाइडबडी जहाज सञ्चालन गर्न सकिने उनको भनाई छ ।

‘विमानस्थलमा तत्काल वाइडबडी जस्ता ठूला जहाज सञ्चाल गर्न सक्ने अवस्था छैन । जहाज अवतरण पछि ट्रर्निङमा समस्या छ । ट्रर्निङ स्पेस नै पुग्दैन ।’ उनले थपे ‘वाइडबडी जस्ता ठूला जहाज सञ्चालनको लागि धावनमार्ग विस्तार र ट्रर्निङ स्पेस थप गर्न आवश्यक छ ।’

धेरै उत्साहकासाथ हेरिएको राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी जहाज नै सञ्चालन गर्न नसकिने भएपछि सरोकारवालाहरुलाई पहिलो गासमा नै ढुंगा लागेको छ । विमानस्थल निमार्ण गर्दा ध्यान नपुराउँदा यस्तो समस्या उत्पन्न भएको हो ।

खरबौ रकम खर्च गरेर सञ्चालनमा आएको विमानस्थलमा ठूला जहाज नै सञ्चालन गर्न सक्ने अवस्था नभएपछि थप समस्या उत्पन्न भएको छ । उक्त आयोजनाका प्रमुख हालका नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी हुन् । विमानस्थलको डिजाइनका सन्दर्भमा पटक–पटक विवाद समेत उत्पन्न भएको थियो। तर आयोजनाका प्रमुख अधिकारीले त्यसको वेवास्ता गरेका थिए । अधिकारीले जिम्मेवारी लिएका यस्ता थुप्रै आयोजना पटक–पटक विवादमा पर्दै आएका छन् । विमानस्थल को निर्माण चिनिया कम्पनी नर्थ वेष्ट सिभिल एभिएसन कन्ट्रक्सन कम्पनि ले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय