भारत सरकारको आर्थिक अनुदान सहयोगमा विद्यालय भवनको शिलान्यास

२०७८ चैत्र २७, आईतवार
पढ्ने समय : < 1 मिनेट

चैत २७ –
भारत सरकारको आर्थिक अनुदान सहायता अन्तर्गत उदयपुर जिल्लाको गाईघाट त्रियुगा नगरपालिका बोक्सेस्थित श्री बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवनको शिलान्यास भएको छ।
सो विद्यालयको नयाँ भवनको निर्माणका लागि परराष्ट्रमन्त्री डा. नारायण खड्का तथा भारतीय राजदूतावासका कार्यवाहक राजदूत नामग्य सी खम्पाले शिलान्यास गरेका हुन् ।

सामुदायिक विकास परियोजनाका रुपमा भारत–नेपाल विकास सहकार्य अन्तर्गत नेपाली ३ करोड ११ लाखको लागतमा भारत सरकारको अनुदान सहयोगमा यो परियोजना अघि बढाइएको हो ।

श्री बालमन्दिर माध्यमिक विद्यालय उदयपुर जिल्लाकै पुरानो विद्यालय हो । निर्माण कार्य सम्पन्न भइसकेपछि यो विद्यालयलाई नयाँ परिसरमा सारिनेछ विद्यालयमा हाल १ हजार १ सय विद्यार्थीहरु अध्ययनरत छन् जसमा करिब ७०% छात्राहरु रहेका छन् ।

भारत र नेपालबीच बहुपक्षीय एवम् बहुक्षेत्रीय विकास सहकार्य रहेको छ जसले दुई मुलुकका जनताबीचको प्रगाढ सम्बन्धलाई प्रतिबिम्बित गरेको छ ।

यस कार्यक्रमले शिक्षा जस्ता प्राथमिकताका क्षेत्रमा पूर्वाधार निर्माण गर्न नेपाल सरकारले चालेको प्रयासलाई सफल बनाउन भारत सरकार सदैव प्रतिबद्ध रहेको कुरालाई पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय