भारतीय सहयोगमा निर्मित विद्यालय भवनको उद्घाटन

२०७८ चैत्र ८, मंगलवार
पढ्ने समय : < 1 मिनेट

 

चैत ८
भारत सरकारको अनुदान सहयोगमा ताप्लेजुङको सिनाम मा निर्मित श्री सिनाम उच्च माध्यमिक विद्यालय भवनको उद्घाटन गरिएको छ। भारतीय राजदूतावास का प्रथम सचिव रोहित मिश्रा, सांसद योगेश भट्टराई र भुपेन्द्र थेवेले नवनिर्मित भवनको संयुक्त रुपमा उद्घाटन गरेका छन ।

यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘ India@75 आजादीका अमृत महोत्सव’अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको एक हो।

भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा कूल ३ करोड १० लाख रुपैँया लागतमा उक्त दुई तले भवनको निर्माण भएको हो। सन् १९५० मा स्थापना भएको यस विद्यालयमा हालः १६ सय विद्यार्थी अध्ययनरत छन्। सन् २००३ यता भारतले नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा ४६७ वटा सम्पन्न भइसकेका छन्।

तीमध्ये ताप्लेजुङका २ गरी प्रदेश १ मा ७८ वटा रहेका छन्। यसका अतिरिक्त भारत सरकारले ताप्लेजुङका विभिन्न स्वास्थ्य चौकीलाई हालसम्म ७ वटा एम्बुलेन्स उपहार स्वरुप प्रदान गरिसकेको छ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच बहुपक्षीय एवं बहुक्षेत्रीय सहकार्य रहेको छ। यस परियोजनाको कार्यान्वयनले नेपाली जनताको जीवनस्तर उकास्न नेपाल सरकारले गरेका प्रयासहरुमा भारत सरकारले पु¥याउँदै आएको निरन्तर सहयोगलाई प्रतिविम्बित गरेको समेत दूतावासले बताएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय