जेठ २
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेर बहादुर देउवा को उपस्थितिमा नेपाल र भारतबीच ६ वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ।
प्रधानमन्त्री देउवा र समकक्षी मोदीको उपस्थितिमा नेपाल र भारतबीचको शताब्दी पुरानो शैक्षिक एवं सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ तुल्याउन दुई देशबीच ६ वटा समझदारी भएको हो।



समझदारी हरु
१. बौद्ध दर्शन अध्ययनका लागि डा. अम्बेडकर चेयर स्थापना गर्ने सम्बन्धमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच सम्झौता
२. भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र नेपाल तथा एसियाली अध्ययन केन्द्र तथा त्रिभुवन विश्वविद्यालयबीच भारतीय अध्ययनको आईसीसीआर चेयर स्थापना गर्ने सम्झौता ।
३. भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र काठमाडौं विश्वविद्यालय (केयू) बीच भारतीय अध्ययनको आईसीसीआर चेयर स्थापना गर्ने सम्झौता
४. काठमाडौं विश्वविद्यालय (केयू) र भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आईआईटीएम)बीच सहयोगको सम्झौता
५. नेपालको काठमाडौं विश्वविद्यालय (केयू) र भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आईआईटीएम) भारतबीच स्नातकोत्तर तहमा संयुक्त डिग्री कार्यक्रम गरिने
६. अरुण चौथो आयोजनाको विकास र कार्यान्वयनका लागि सतजुल जलविद्युत् लिमिटेड र नेपाल विद्युत् प्राधिकरण (एनईए)बीच सम्झौता
प्रधानमन्त्रीका रूपमा मोदीको यो पाँचौं नेपाल भ्रमण हो । यद्यपि उनको यो पहिलो लुम्बिनी भ्रमण हो। उनले प्रधानमन्त्रीको पहिलो कार्यकाल छँदै चारवटा भ्रमण गरेका थिए।
प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा मोदी बुद्ध जन्मस्थल लुम्बिनी आएका हुन्।
मोदी ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतीय सेनाको हेलिकप्टरबाट सिधै लुम्बिनीस्थित हेलिप्याडमा उत्रिएका थिए।



