परिक्षामा नम्बर कम ल्याएको भन्दै सियारीको शान्त ज्योती बोर्डिङ्ग स्कुलले निर्घात रुपमा विधार्थी माथी कुटपिट

२०८२ फाल्गुन १९, मंगलवार
पढ्ने समय : 2 मिनेट

शारदा मल्ल
भैरहवा फागुन १९
रुपन्देहीको एउटा विधालयले परिक्षामा नम्बर कम ल्याएको भन्दै विधार्थीहरुलाई निर्घात रुपमा कुटपिट गरेको छ। सियारी ५ दुर्गापुरमा रहेको शान्त ज्योती इङ्गलिस बोर्डिङ्ग स्कुलले कक्षा ८ मा पढने विधार्थीहरु लाई कम नम्बर ल्याएको भन्दै विधालयका ३ जना शिक्षकहरुले कुटपिट गरेको विधार्थीहरुले बताएका छन।कक्षा ८ मा पढने विधार्थीहरुको यही माघ महिनाको अन्तीम साता सन्चालित आन्तरिक मुल्याङ्कन परिक्षामा विधालयले दिएको तार्गेट अनुसारको नम्बर नआएको भन्दै विधालयका शिक्षकहरुले कालो प्लाष्टिकको पाइपले निर्घात रुपमा कुटपिट गरेको नाम नबताउने शर्तमा अभिभावकले जानकारी दिएका छन।

कक्षा ८ मा अध्ययनरत ३१ जना विधार्थीहरु लाई नै निलडाम हुने गरी कुटपिट गरिएको थियो । विधालयले बिधार्थीहरु लाई ५० पुर्णाक मा ४५ नम्बर ल्याउन तार्गेट दिएको विधालयका प्रिन्सीपल कमल प्रसाद पौडेलले बताएका छन।प्रिन्सीपल पौडेलका अनुसार आफु विधालयमा नभएको समय मा उक्त दुखद घटना भएको बताउदै अभिभावक र शिक्षकहरु बिच छलफल भई भविष्यमा यस्ता घटना नहुने प्रतिबद्धता पछी हाल विधार्थीहरु निरन्तर रुपमा विधालय आएको बताएका छन।विधालयले साइन्स,गणित,र सामाजिक विषय मा तार्गेट दिएको जनाएको छ।यस विषयमा कक्षा ८ का विधार्थी तथा उनीहरुका अभिभावकले कुनै प्रतिक्रिया दिन चाहेनन। यो कुरा बाहिर ल्याउदा भोलीका दिनमा विधालयले आफना छोरा छोरीलाई अप्ठ्यारो पार्न सक्ने भन्दै अभिभवकले केही पनि बताउन नसक्ने प्रतिक्रिया दिएका छन।अभिभावक ले विधालयले कोचिङ कक्षाका लागी बिहान ६ बजे देखी साझ ६ सम्म आफना बाल बालिका लाई विधालयमा राखे पछी परिक्षामा कम नम्बर आउनुमा शिक्षकहरु को कमी कमजोरी रहेको गुनासो गरेका छन। यस विषयमा सियारी गाउ पालिका शिक्षा,युवा खेलकुद शाखाका प्रमुख सुधीर पौडेलले विधालय, शिक्षक, अभिभावक सग बुझेर कार्यवाही अगाडी बढाउने बताउछन। सियारी गाउ पालिका मा सरकारी विधालय २५ वटा,सस्थागत विधालय १३ वटा,मदरसा ३ वटा रहेका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय