भैरहवा फागुन ११
लुम्बिनी प्रदेशको पहिलो अनलाईन टेक्सी तथा बाइक बूकिङ सेवा प्रदान गरिरहेको ई–ड्राईभ लुम्बिनीले क्षेत्रीय ट्राफिक तथा रजमार्ग सुरक्षा कार्यालय बुटवललाई १० थान ‘व्हिल लक’ प्रदान गरेको छ ।
सोमबार ई–ड्राईभ लुम्बिनीका अध्यक्ष राजकुमार गुप्ताले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय वुटवलका प्रमुख प्रहरी उपरीक्षक मित्रबन्धु शर्मालाई १० थान व्हिल लक हस्तान्तरण गरेका हुन । हस्तान्तरण कार्यक्रममा बोल्दै प्रहरी उपरिक्षक शर्माले ई–ड्राईभको सहयोग रुपन्देहीको ट्राफिक व्यवस्थापनमा सहयोगी हुने बताए। उनले नीजि क्षेत्रको सहयोगले जनताको सेवामा अझ सक्रिय भएर लग्न सहयोगी भएको बाताए ।
यस्तै ई–ड्राईभ लुम्बिनिका अध्यक्ष राजकुमार गुप्ताले जिल्लाको ट्राफिक व्यवस्थपनका लागि सहयोग गर्नु आफ्नो कतव्र्य पनि भएको बताए। उनले ट्राफिक व्यवस्थापन सरकारको मात्र दायित्व नभएर सबै नागरिकको पनि दायित्व भएको बताउँदै अन्य नीजि क्षेत्रका संस्थाहरुले पनि हातेमालो गर्नु पर्ने बताए ।






