भैरहवा पुस २७
एमबिबिएस अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल रुपन्देहीको मर्चवारीमाई गाउँपालिका–६, बगौली निवासी श्याम गुप्तालाई पूर्व प्रतिनिधि सभा सदस्य प्रमोद कुमार यादवले ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ । आर्थिक अभावका कारण जेहेन्दार विद्यार्थीको शिक्षामा कुनै बाधा नआओस् भन्ने उद्देश्यले यादवले गुप्ताको घरमै पुगेर उक्त सहयोग तथा हौसला प्रदान गर्नुभएको हो ।
गत २०८२ सालको कार्तिकमा सम्पन्न प्रवेश परीक्षामा सहभागी गुप्ताले ५७औँ ¥याङ्कसहित १६४ अंक प्राप्त गरी पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् । उत्कृष्ट अंकसहित काठमाडौंका प्रतिष्ठित मेडिकल कलेजमा अध्ययन गर्ने अवसर हुँदाहुँदै पनि बसोबास र खर्चको भारका कारण उनले घर नजिकै पर्ने भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा भर्ना हुने निर्णय गरेका छन् । आर्थिक अवस्था कमजोर भए पनि गुप्ताको लगनशीलता र मेहेनतको कदर गर्दै पूर्व सांसद यादवले उनको आगामी शैक्षिक यात्रा निरन्तर रहोस् भन्ने कामना समेत गर्नुभएको छ ।






