भैरहवा पुस २
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका भैरहवामा नागरिक आरोग्य सेवा सञ्चालन हुने भएको छ ।
नगर प्रमुख तथा संविधानसभा सदस्य इश्तियाक अहमद खानको अध्यक्षतामा बुधबार बसेको बैठकले नगरमा यथाशीघ्र नागरिक आरोग्य सेवा सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकमा लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवलका प्रमुख डा. कलावती विश्वकर्मा सहभागी थिइन् ।
संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहयोगमा यो कार्यक्रम छिट्टै सुचारु गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिए ।
यो सेवाले नगरवासीहरूलाई आयुर्वेदिक स्वास्थ्य सुविधा सहज रूपमा उपलब्ध गराउने अपेक्षा गरिएको






