भारतबाट चामल ल्याउन २० फर्मलाई अनुमति

२०८१ असार ३१, आईतवार
पढ्ने समय : < 1 मिनेट

असार ३०
सरकारले भारतबाट चामल आयात गर्न २० वटा फर्मलाई अनुमति दिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार भारतबाट तोकिएको कोटा बमोजिमको चामल आयात गर्न इच्छुक फर्म तथा कम्पनीसँग ११ असारमा सार्वजनिक सूचना जारी गरिएको थियो ।
त्यसमध्ये २८ फर्म तथा कम्पनीले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये २० फर्म र कम्पनीको आवेदन स्वीकृत भएको विभागले जनाएको छ । विभागले स्वीकृत फर्म र कम्पनीलाई सम्पर्कमा आउन समेत भनेको छ।
विभागका अनुसार सबैभन्दा धेरै बाराको अम्बे किराना भण्डारले ५ हजार ७ सय ६९ टन र सबैभन्दा कम विराटनगरका प्रणाम टे«डर्स र विशाल ट्रेडर्सले ३ सय ८५ टन चामल आयात गर्ने अनुमति पाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय