बैशाख ८
चीन र अमेरिकाबीच व्यापार युद्ध चर्किएर गएको छ । एक देशले अर्कोलाई थप कर लगाउन बढाउने क्रम रोकिएको छैन ।
१४ महीनादेखि शक्तिशाली दुई देशबीच ब्यापार युद्धमा संघर्ष गर्दै आएका छन् । अमेरिकाले आइतबारदेखि एक सय १० अर्व डलर बराबरका सामग्रीमा १५ प्रतिशतसम्म कर लगाएको छ ।



अमेरिकाले घरायसी सामाग्रीहरुमा कर बढाएको हो । आगामी १५ डिसेम्बर देखि अन्य सामाग्रीमा पनि कर बढाउने जनाएको छ ।
जवाफमा चीनले पनि आइतबार बाटै लागू हुनेगरी ७५ अर्ब डलर बराबरको अमेरिकी सामाग्रीमा १० प्रतिशतसम्म कर लगाएको छ ।



