साढे दुई महिनादेखि खेर गएको न्यादीको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने

२०७९ बैशाख १, बिहीबार
पढ्ने समय : < 1 मिनेट

वैशाख १

साढे दुई महिनादेखि खेर गएको लमजुङको ङादी खोलामा निर्माण सम्पन्न ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ। चिनियाँ लगानीमा निर्माण भएको माथिल्लो मस््र्याङ्दी ‘ए’ ले असहयोग गरेपछि आयोजनाको विद्युत् साढे दुई महिनादेखि खेर गएको थियो। हाल आयोजनाको बिजुली २२० केभी मस्र्याङ्दी कोरिडोर प्रसारण लाइनअन्तर्गतको खुदी स्वस्टेसनमा जोड्न नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता भएको छ।
सम्बन्धित मन्त्रालय र प्राधिकरणबाटै सोही लाइनमा जोड्न निर्देशन दिइसकेको र केही दिनभित्र बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने न्यादी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताए। २०७३ चैतबाट निर्माण सुरु गरिएको आयोजनाको बाँध नाइचेमाथि ङादी नदीमा बनाइएको छ। तीन हजार आठ सय ४० मिटर सुरुङबाट पानी ल्याएर ठूलीबेसीबाट ताराचोक जाने बाटो ङादी नदी तीरमा बनाइएको विद्युतगृहबाट विद्युत् उत्पादन गरिनेछ।

आयोजना सम्पन्न गर्न आयोजनाको करिब ६ अर्ब ४ करोड २८ लाख रुपैयाँ खर्च भएको अनुमान छ। भुलभुले–मस्र्याङदी लाइनमा सिनो हाइड्रो सगरमाथाको ५० मेगावाट विद्युत् प्रवाह भइरहेको छ। बुटवल पावर कम्पनी (बिपिसी) को ९७.२२ प्रतिशत र लमजुङ विद्युत् विकास कम्पनी (लेड्को) को २.७८ प्रतिशत लगानीमा उक्त आयोजना निर्माण भएको हो।
कोरोना सङ्क्रमणका कारण लगाइएको लकडाउन का कारण आयोजनाको व्यावसायिक उत्पादन मिति सर्दै गएकोमा पछिल्लो समय जनवरी अन्तिमबाट उत्पादन थालिने तालिका थियो। आयोजनाको निर्माण चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनीले गरेको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय