लगानी सम्मेलनमा सबैभन्दा धेरै चिनियाँ लगानीकर्ता, ३५० भन्दा धेरैको उपस्थिति

२०८१ बैशाख १६, आईतवार
पढ्ने समय : < 1 मिनेट

वैशाख १६

आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा सबैभन्दा धेरै चिनियाँ लगानीकर्ताको सहभागिता रहेको छ । लगानी बोर्डको कार्यालयका अनुसार दुई दिनसम्म चल्ने लगानी सम्मेलनमा चीनबाट ३५० लगानीकर्ताको सहभागिता रहेको हो ।

यो लगानी सम्मेलनमा विश्वभरका ५५ भन्दा बढी देशबाट १६ सयभन्दा धेरै लगानीकर्ताको सहभागिता छ । जसमध्ये चीनबाट मात्रै ३५० भन्दा धेरै लगानीकर्ताको सहभागिता रहेको हो । सम्मेलनमा सहभागिता चिनियाँ लगानीकर्ताले पनि नेपालको लगानी सम्मेलनमा चीनबाट अत्यधिक सहभागिता रहेको जानकारी दिएका छन् ।
यो सम्मेलनमा चीनपछि भारतबाट सबैभन्दा धेरै लगानीकर्ताको सहभागिता छ । भारतबाट १५० भन्दा बढी लगानीकर्ताको सहभागिता छ । यसपछि अमेरिकाबाट करिब ५० जना लगानीकर्ता यो सम्मेलनमा सहभागी छन् ।
यो लगानी सम्मेलनमा सहभागी विदेशी लगानीकर्ता समक्ष १४८ वटा परियोजना प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय