अडानी समूह ३२५ मेगावाटको माथिल्लो भेरी जलविद्युत आयोजनामा लगानी गर्न इच्छुक

२०८० माघ ३, बुधबार
पढ्ने समय : < 1 मिनेट

माघ ३

भारतका अर्बपति व्यापारी गौतम अडानीको स्वामित्वमा रहेको ‘अडानी समूह’ले ३२५ मेगावाटको माथिल्लो भेरी जलविद्युत आयोजनामा लगानी गर्न इच्छा देखाएको छ।
अडानी समूहका प्रतिनिधि अनिल पटानीले माथिल्लो भेरीमा लगानीबारे व्यवसायी दीपक मल्होत्रासँग छलफल गरेका छन्। अर्ध–जलाशययुक्त यो जलविद्युत आयोजनाको स्वामित्व इन्ट्रिग्रेटेड मोबिलिटी सोलुसन्स प्रालिको नाममा छ। यो कम्पनी व्यवसायी मल्होत्राको हो।

आयोजना अहिले अध्ययनको अन्तिम चरणमा छ। आयोजना निर्माणका लागि कम्पनीले विद्युत विकास विभागसमक्ष उत्पादन अनुमतिपत्र (जेनेरेसन लाइसेन्स) माग गर्दै आवेदन दिइसकेको छ।

प्रस्तावित आयोजना डोल्पा र पश्चिम रुकुममा पर्छ। आयोजनाले त्रिपुरासुन्दरी नगरपालिका– ६ र ४ मा रहेको ठूलो भेरी नदीमा ३५ मिटर अग्लो बाँध निर्माण गर्नुपर्नेछ।

नदीको पानी त्रिपुरासुन्दरी–५ र ६ हुँदै १५.३५ किलोमिटर लामो सुरुङमार्फत मुड्केचुला–१ को जगदुल्ला र ठूलीभेरी नदीको संगममा पु¥याइ भूमिगत विद्युत गृहबाट बिजुली निकाल्ने तयारी छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय