चैत १५
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निजी कम्पनीले सञ्चालन मा ल्याएको विद्युतीय बसको उद्घाटन गरेका छन् । अध्यक्ष ओलीले मंगलबार रुपन्देहीमा विद्युतीय बसको उद्घाटन गरेका हुन् ।



काठमाडौं उपत्यका बाहिर पहिलो पटक रुपन्देही मा सुन्दर यातायात प्रालिले विद्युतीय बस सञ्चालनमा ल्याएको छ । ओलीले सो बसमा यात्रा पनि गरेका थिए । कम्पनीका सञ्चालक डिआर घिमिरे ले विद्युतीय बसको शुभारम्भ गरेका ओली सो बसमा चढेर लुम्बिनीमा आयोजित कार्यक्रममा सहभागी भएको बताएका छन ।
लुम्बिनीमा एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम मा पनि ओली वातावरणीय प्रदूषण कम गर्न सो बसले ठूलो मद्दत गर्ने बताएका थिए । उनले बुद्ध जन्मस्थल लुम्बिनीको सौन्दर्य बढाउन विद्युतीय सवारी साधनले पर्यटकको आकर्षण बढ्ने बताए । सुन्दर यातायात प्रालिले रुपन्देही र कपिलवस्तुमा परीक्षणका लागि दुई वटा बस चलाउने जनाएको छ ।
सुन्दर यातायातले चिनियाँ बीओके ब्रान्डका बस भैरहवा–बुटवल र बुटवल–सालझण्डी हुँदै कपिलवस्तु सम्म विद्युतीय बसहरू चलाउने भएको छ । 



