केरुङ–काठमाडौँ रेलको सम्भाव्यता अध्ययन तीन चरणमा

२०७८ चैत्र १५, मंगलवार
पढ्ने समय : < 1 मिनेट

चैत १५
नेपाल र चीनबीचको मित्रताको ‘प्रतीक’का रूपमा लिइएको प्रस्तावित केरुङ–काठमाडौँ अन्तरदेशीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन तीन चरणमा हुने भएको छ।
चीनका विदेशमन्त्री वाङ यी को नेपाल भ्रमणमा प्रस्तावित सो रेलमार्ग परियोजनाको तीन चरणमा अध्ययन गर्न नेपाल र चीनबीच प्राविधिक कार्ययोजनामा सहमति भएको छ ।

विदेशमन्त्री वाङको भ्रमणका क्रममा नेपालले चीन समक्ष सो रेलमार्गको सम्भाव्यता अध्ययन गर्न प्रस्ताव गरेको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव तथा विकास सहायता समन्वय महाशाखाका प्रमुख केशवकुमार शर्माका अनुसार, दुई मुलुकबीच भएको समझदारी अनुसार पहिलो चरणमा हवाई सर्वेक्षण, दोस्रोमा भौगोलिक अनुसन्धान र तेस्रोमा रेल पङ्क्ति योजना तथा लागत अनुमान सम्बन्धी सम्भाव्यता अध्ययन गरिनेछ । यसअघि यो रेल्वे परियोजनामा कसले कति लगानी गर्ने भन्ने टुङ्गो नलागे पनि अहिले भएको दुई मुलुकबीचको सहमति अनुसार यस परियोजनामा सम्पूर्ण खर्च चीन सरकारले नै गर्ने उनले बताए ।
विस्तृत सम्भाव्यता अध्ययन छिट्टै सुरु गरिने सहमतिपत्रमा उल्लेख गरिएको छ । सम्भाव्यता अध्ययन प्रतिवेदनले सो रेल्वे परियोजनाको कुल लागत, निर्माण ‘मोडल लगायत बारे टुङ्गो लाग्ने उनले बताए। आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय