भारतले भित्रायो सबैभन्दा धेरै रेमिट्यान्स

२०८० पुष १६, सोमबार
पढ्ने समय : < 1 मिनेट

 

पुस १६

भारतले गत वर्ष सबैभन्दा धेरै विप्रेषण (रेमिट्यान्स) भित्र्याएको छ । विदेशमा रहेका भारतीयले सन् २०२३ मा १ खर्ब २५ अर्ब अमेरिकी डलर पठाएपछि भारत रेमिट्यान्स भित्राउने मुलुकमा पहिलो बनेको छ ।

उक्त रकममध्ये सबैभन्दा धेरै संयुक्त राज्य अमेरिका, बेलायत, सिंगापुर र मध्यपूर्वका मुलुकमा रहेका भारतीयले पठाएका हुन् । विश्व बैंकले जारी गरेको पछिल्लो विवरणमा सन् २०२३ मा विश्वका विभिन्न राष्ट्रमा पठाइएको रेमिट्यान्स रकम ६ खर्ब ६९ अर्ब अमेरिकी डलर हो ।
अघिल्लो वर्ष भारतले १ खर्ब ११ अर्ब अमेरिकी डलर भित्राएको थियो । अघिल्लो वर्षको तुलनामा सन् २०२३ मा भारतको विप्रेषण आप्रवाह ६३ प्रतिशतबाट बढेर ६६ प्रतिशत पुगेको हो ।

भारतले विदेशबाट सकेसम्म धेरै रेमिट्यान्स भित्र्याउन विभिन्न पहल गरेको छ । पछिल्ला दिनमा गैरआवासीय भारतीय डिपोजिट कार्यक्रम लागु गरेपछि विप्रेषण बढेको बताइन्छ । यसअघिको तुलनामा यो वर्ष उक्त डिपोजिट कार्यक्रमका कारण १ अर्ब रुपैयाँ बढेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय