१ वर्ष सम्म पनि सुरु भएन ओलीले शिलान्यास गरेको नेपाल–चीन मैत्री औद्योगिक पार्क

२०७८ चैत्र ११, शुक्रबार
पढ्ने समय : 2 मिनेट

 

चैत ११

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हतारमा शिलान्यास गरेको झापाको एउटा आयोजना अझै अघि बढ्न सकेको छैन।
प्रक्रिया नै पूरा नभएको दमक, कमल र गौरादहस्थित नेपाल–चीन मैत्री औद्योगिक पार्क ओली प्रधानमन्त्री हुँदा १६ फागुनमा शिलान्यास गरेका थिए। त्यसबखत दुई वर्षमा २५ वटा उद्योग सुरु हुने उद्योष पनि भएको थियो।

तर, ओलीले प्रक्रिया पूरा नगरी शिलान्यास गर्दा १ वर्ष सम्म काम नै सुरु भएको छैन। जस लिनलाई ओलीले तत्कालिन समयमा लगानी बोर्डले लगानी स्वीकृतसमेत नगरी पार्क शिलान्यास गरेका थिए। यद्यपि, बोर्डले करिब ६५ अर्ब बजेट स्वीकृत गरिसकेको छ।

२१ बिघा क्षेत्रफलमा बन्ने औद्योगिक पार्क चीनको ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोइन्ट कन्स्ट्रक्सनले निर्माण गर्ने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले जानकारी दिए। जहाँ एक सयभन्दा बढी विभिन्न उद्योग बन्नेछ। सुरुको दुई वर्षमा कम्तीमा २५ उद्योगको भौतिक पूर्वाधारको निर्माण सक्ने भनिएको थियो। यहाँ निर्माण सम्पन्न हुँदासम्म चिनियाँ कम्पनीले साढे तीन सय अर्बसम्म लगानी गर्ने उनले बताए।

लगानी बोर्डले ढिलाई गर्दा काम सम्पन्न हुन नसकेको अध्यक्ष बस्नेतले बताए। उनका अनुसार लगानी बोर्डले विस्तृत योजना सम्झौतामा ढिलाई गर्दा फिल्डमा काम हुन सकेको छैन। ‘सबै काम सकिएको छ। चिनियाँ टोलीले फिल्डमा माटो परीक्षणको काम पनि सकेको छ,’ उनले भने, ‘अब प्रोजेक्ट डिटेल एग्रिमेन्टका लागि लगानी बोर्डमा छ। यो अन्तिम प्रक्रिया हो। लगानी बोर्डमा छलफलको क्रममा छ। यो चिनियाँ कम्पनी र नेपाल सरकारबीच हुने सम्झौता हो।’

लगानी बोर्डले जति चाडो ग¥यो त्यति नै छिटो भौतिक संरचनाको काम पनि सुरु हुने उनले बताए। ‘हामीले जग्गा व्यवस्थापनको काम सकेका छौँ। अब लगानी बोर्डले पीडिएको काम जति छिटो ग¥यो त्यति छिटो काम हुन्छ। हामीले गर्ने जग्गा व्यवस्थापनको काम सकिएको छ,’ उनले भने, ‘फिल्डमा अहिले केही पनि हुन्न। लगानी बोर्डले काम सकेपछि मात्र चिनियाँ कम्पनीले काम गर्छ।

लगानी बोर्डले पहिल्यै सक्नुपर्ने हो। तर, अझै दुई÷ तीन महिना त लाग्ला।’ बोर्डले ढिलाई गरे चिनियाँ कम्पनी फर्कन पनि सक्ने उनले चेतावनी दिए। ‘सरकार परिवर्तन भयो। पुरानो सरकारले गरेका कुनै पनि काम अघि बढेको छैन।
ओलीको निर्वाचन क्षेत्रस्थित दमक, कमल र गौरादहको संगमस्थल रतुवा नदीको बगरमा बन्ने औद्योगिक पार्क निर्माण हुनेछ। ओलीले शिलान्यास गरेपछि काम नहुँदा वरिपरि काँस पलाएर शिलान्यास गरेको स्तम्भ नै नदेखिने अवस्थामा पुगेको छ। त्यो क्षेत्रमा निर्माणको नाममा ओलीले शिलान्यास गर्दाको स्तम्भव मात्र छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय