भारतले तोक्यो प्याज निर्यातमा न्यूनतम मूल्य

२०८० कार्तिक १४, मंगलवार
पढ्ने समय : < 1 मिनेट

कार्तिक १४

भारत सरकारले स्थानीय बजारमा बढ्दो मूल्यलाई नियन्त्रण गर्न प्याज निर्यातमा प्रतिटन ८ सय अमेरिकी डलरको न्यूनतम निर्यात मूल्य तोकेको छ।
स्वदेशी बजारमा प्याजको उपलब्धता कायम राख्न यो कदम चालिएको हो।
यो नियम ३१ डिसेम्बरसम्म लागू हुने विदेशी व्यापार महानिर्देशनालयले जनाएको छ।

यस निर्णयसँगै सरकारले बफरका लागि थप २ लाख टन प्याज खरिद गर्ने घोषणा गरेको छ भने ५ लाख टनभन्दा बढी खरिद भइसकेको मन्त्रालयले जनाएको छ।

भारतमा विगत दुई हप्तामा प्याजको मूल्य ५० प्रतिशतभन्दा बढीले बढेको प्रतिवेदनले जनाएको छ। यसको असर स्वरुप राष्ट्रिय राजधानीको खुद्रा बजारमा प्याजको भाउ बढेर प्रतिकिलो ६५ देखि ८० रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय