चीनको सीमा नजिकै जलविद्युत आयोजना बनाउन विश्व बैंकको सवा खर्ब सहयोग

२०८० आश्विन २८, आईतवार
पढ्ने समय : < 1 मिनेट

 

असोज २८

विश्व बैंकले माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि एक खर्ब ३० अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।

विश्व बैंकको वार्षिक बैठकमा भाग लिने क्रममा अर्थमन्त्री डा. प्रकाश शरण महत नेतृत्वको टोलीले उक्त सहमति गरेको हो । विश्व बैंकले रणनीतिक महत्वको सो आयोजनाका निम्ति सहुलियतपूर्ण कर्जा दिन लागेको बताइएको छ ।

दुवै पक्षबीच भएको सहमतिपछि अब बैंकको मुख्यालयमा यसबारे विस्तृत छलफल हुने मोरक्को पुगेका एक जना सरकारी अधिकारीले बताएका छन् ।

१०६१ मेगावाटको उक्त परियोजना संखुवासभाको सदरमुकाम खाँदबारीबाट ७० किलोमीटर उत्तरमा चीनको सीमा नजिकै पर्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय