जोगबनी बाट बढ्दै निकासी

२०७८ पुष ११, आईतवार
पढ्ने समय : 2 मिनेट

पुस ११,
जोगबनी नाकावाट पछिल्लो समय निर्यात बढन थालेको छ । जोगवनी नाकावाट विशेषगरी जुटका तयारी सामान, प्रशोधित पाम आयल, प्रशोधित सूर्यमुखी तेल,, पिना, नुडल्स, चाउचाउ, भटमासको तेल, सेन्थेटिक यार्नलगायतका प्रमुख १० वस्तु निकासी हुँदै आएको छ ।
चालु आर्थिक वर्षको मंसिरसम्ममा जुट धागो २० करोड ७३ लाख, पिना ३२ करोड ५० लाख, नुडल्स र चाउचाउ ४५ करोड ४१ लाख, जुटका वोरा ५० करोड ६२ लाख, प्रशोधित सूर्यमुखी तेल ५६ करोड, अन्य कपडा ९७ करोड ३४ लाख रुपैयाँको निकासी भएको छ ।
यस्तै, सेन्थेटिक यार्न २ अर्ब ७२ करोड ७९ लाख, जुटका कपडा २ अर्ब ८७ करोड ५ लाख, प्रशोधित पाम आयल ७ अर्ब ९८ करोड ३७ लाख र भटमासको तेल १० अर्ब १५ करोड ६२ लाख मूल्य वरावरको निकासी भएको छ । आर्थिक बर्ष २०७३÷७४ मा २१ अर्ब ४४ करोड ३२ लाख ४७ हजार रुपैयाँ बराबरको निकासी भएकोमा २०७७÷७८ मा बैदेशिक ब्यापारमा बृद्धि भई ३६ अर्ब ९० करोड ६७ लाख ३० हजार पुगेको छ । पाँच वर्षको तुलनामा गत आव मा ५ अर्ब ४० करोड १९ लाख रुपैयाँले निकासीमा बृद्धि भएको हो ।
आर्थिक बर्ष २०७७÷७८ मा ८३ दशमलव ७१ प्रतिशत अर्थात १ खर्ब ८९ अर्ब ६५ करोड ६८ लाख १६ हजार मूल्यको सामान आयात हुँदा निकासीतर्फ १६ दशमलव २९ प्रतिशत अर्थात ३६ अर्ब ९० करोड ६७ लाख ३० हजार रुपैयाँ वरावरको तयारी वस्तु निकासी भएको थियो । गतवर्ष यो नाकावाट १ खर्ब ५२ अर्ब ७५ करोड ८६ हजार व्यापार घाटा रहेको तथ्यांक छ । आर्थिक वर्ष २०७४÷७५ मा २४ अर्ब ४३ करोड ४८ लाख ९६ हजार रुपैंया बराबरको निकासी भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय