पश्चिम सेती र सेती–६ आयोजनाको बिजुली भारतीय पीटीसीले किन्ने

२०७९ भाद्र १५, बुधबार
पढ्ने समय : < 1 मिनेट

भदौ १५,

भारतको नेशनल हाइड्रोइलेक्ट्रिक पावर कर्पोरेशन (एनएचपीसी) इन्डियाले पश्चिम सेती र सेती–६ जलविद्युत आयोजनाबाट उत्पादन हुने बिजुली बेच्न समझदारी पत्रमा हस्ताक्षर गरेको छ । एनएचपीसीले भारतकै पावर ट्रेडिङ कम्पनी (पीटीसी)सँग दुई आयोजनाबाट उत्पादित बिजुली बेच्न समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।
समझदारीपत्रमा एनएचपीसीका अध्यक्ष तथा प्रबन्ध निर्देशक एके सिंह र पीटीसीका अध्यक्ष तथा प्रबन्ध निर्देशक राजीवकुमार मिश्रले हस्ताक्षर गरे । उत्पादन हुने बिजुली भारतीय बजारमा बिक्रीका लागि हस्ताक्षर भएसँगै यी दुई आयोजनाको निर्माण अघि बढ्नेमा सम्भावना बढेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय