यो वर्ष भारतलाई १६ अर्बभन्दा बढीको बिजुली बेच्छौँ कुलमान

२०७९ श्रावण १६, सोमबार
पढ्ने समय : < 1 मिनेट

साउन १६
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो वर्ष भारतमा १६ अर्ब रुपैयाँभन्दा बढीको बिजुली बिक्री गर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आइतबार गरेको कार्यक्रममा उनले गत आर्थिक वर्षमा पाँच अर्बको बिजुली बिक्री गरेको बताए ।
उनले गत वर्ष ५ अर्बको बिजुली बिक्री गरेको र आगामी वर्ष १६ अर्ब रुपैयाँको बिक्री गर्ने बताएका हुन् । ‘विद्युत् व्यापारमा भारतबाट राम्रै मूल्य आएको छ । विगतमा एक वर्षमा ५ अर्बको निर्यात गरेका छौँ । यो वर्ष करिब १५, १६ अर्ब रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गर्छौं,’ उनले भने । उनले विद्युत् प्राधिकरणले बल्ल आम्दानी गर्न थालेको भन्दै निजी क्षेत्रलाई विद्युत् व्यापारमा संलग्न गराउन नसकिने बताएका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय