श्री स्टील्सद्वारा टीएमटी छड भारतमा आज बाट निर्यात सुरु

२०७९ श्रावण ४, बुधबार
पढ्ने समय : 2 मिनेट

भैरहवा, साउन ४
श्री स्टील्स प्रा.लि. रोहिणी गाउँपालिका–३ सेमरहवा, रुपन्देहीले टीएमटी फलामे छडको भारत निर्यात बुधबार शुभारम्भ गरेको छ । नेपालमै पहिलोपटक आफ्नो उत्पादन भारतमा निर्यात सुरुवात गरिएको श्री स्टील्स प्रा.लि.का प्रबन्ध निर्देशक राजेश कुमार अग्रवालले बताएका छन । अग्रवालले यो सुरुवात श्री स्टील्सको मात्र नभइ राष्ट्रकै सफलता भएको बताएका छन ।

स्वदेशी उत्पादन अन्य मुलुकमा निर्यात गर्दा नेपाल सरकारले प्रदान गर्ने ८ प्रतिशत अनुदानका कारण नै उद्योगले आफ्नो उत्पादनहरु भारत निकासी गर्न सफल भएको अग्रवालले बताएका छन ।
उनले भने, ‘उत्पादन र गुणस्तरसँगै प्रवद्र्धनमा समेत जोड दिदै उद्योगले भारतको उत्तरप्रदेशमा पहिलोपटक एक ट्रक, करिब ३५ टन टीएमटी फलामे छड पठाएको छ । ’ आगामी दिनमा भारतीय बजारको मागअनुुसार निरन्तरता दिनुका साथै निर्यात समेत बढाउने उनको भनाइ छ । उनले भने, ‘कहिले लोडसेडिङ त कहिले विद्युत ट्रिपिङको समस्या झेल्दै आएको उद्योगले कोरोना महामारीको पनि सामना गर्नुपर्यो ।’

महामारीको विषम परिस्थिति छिचोलेर अगाडि बढ्दै गरेको उद्योगले विभिन्न समस्यासँग जुध्दै तथा चुनौतीको सामना गर्दै आज आफ्ना गुणस्तरीय उत्पादनहरु भारतीय बजारमा निर्यातको शुभारम्भ गरेको अग्रवालले बताएका छन । । तीन अर्ब लगानी रहेको उद्योगमा ५ सय जनाले रोजगारी पाएको उनले जानकारी दिए । उनले टीएमटी फलामे छड निर्यातले व्यापार घाटाको खाडल केही हदसम्म कम गर्ने विश्वास व्यक्त गरेका छन । सरकारले निर्यातजन्य उद्योगलाई प्राथमिकता दिनुपर्ने अग्रवाल ले बताएका छन।

श्री स्टील्स प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत सोमेश अग्रवालले स्टील्स मात्र नभइ रुपन्देही लगायत देशकै उद्योगका उत्पादनलाई निर्यात गर्ने वातावरण बनाउन सरकारसँग माग गरेका छन । केडिया अर्गनाइजेशन, सिद्धार्थ गु्रप, मुरारका गु्रप तथा उमा गु्रपको संयुक्त लगानीमा सञ्चालित यो उद्योगले श्री स्टील्स टीएमटी छड उत्पादन गर्दै आएको अग्रवाल ले बताएका छन । प्रतिघण्टा ४० टन उत्पादन क्षमता रहेको यो उद्योगले हाल दैनिक ८ सय टन स्टील उत्पादन गर्दै आएको अग्रवालले बताएका छन। । उद्योगका अनुुसार यो प्रविधि उच्च गुणस्तर युक्त स्टील ब्लक मिलबाट उत्पादन हुने नेपालको पहिलो ब्राण्ड हो र उद्योगले हालैबाट आफ्नो अत्याधुनिक प्लान्ट मार्फत स्पञ्ज तथा स्क्राप आईरनबाट गुणस्तरीय बिलेटहरु समेत उत्पादन गर्दै आएको छ ।

रोहिणी गाउँपालिका का अध्यक्ष विद्या प्रसाद यादवले रोेहिणी गाउँपालिका मा श्री स्टील्स प्रा.लि. उद्योग हुनु गौरवको विषय भएको बताएका छन । उनले उद्योगले टीएमटी फलामे छड निर्यातको शुभारम्भ गर्नु खुसीको कुरा भएको बताएका थिए । अध्यक्ष यादवले ‘स्थानीय सरकारले उद्योगसँग समन्वय र सहकार्य गर्ने बताएका छन ।
नेपालमा उत्पादित टिएमटी फलामे छड आयातकर्ता भारतीय व्यवसायी मनोज अग्रवालले सबैको साथ र सहयोग पाए भारतमा बजार विस्तारमा कुनै समस्या नभएको बताएका छन । उनले भारतमा पनि धेरै स्टील्स उद्योग रहेको जनाउँदै प्रतिस्पर्धाका लागि नेपाली उत्पादन पनि योग्य भएको बताएका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय