दिल्लीमा हरेक दिन २ वटा उडान गर्न लागिएको छ ः मन्त्री आले

२०७८ चैत्र १७, बिहीबार
पढ्ने समय : < 1 मिनेट

चैत १७
– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले दिल्लीमा हरेक दिन दुई वटा उडान हुने बताउनुभएको छ ।

काठमाण्डौमा बुधवार भएको एक कार्यक्रममा मन्त्री आलेले दिल्लीमा हरेक दिन दुई वटा उडान गर्न लागिएको बताउनुभएको हो । उहाँले बैंककमा हप्तामा दुई वटा र साउदी अरेबियाको रियादमा हप्तामा तीन वटा उडान भर्ने गरी प्रक्रिया अगाडि बढेको जानकारी पनि दिनुभयो ।

मन्त्री आलेले मार्च २१ गतेदेखि मुम्बईमा हप्ताको तीन वटा र मार्च २५ देखि बेङ्गलोरमा पनि हप्तामा तीन वटा उडान भरिएको बताउनुभयो । मन्त्री आलेले आफूले मन्त्रालय सम्हालेदेखि ग्राउन्डेड भएर बसेका जहाजहरूलाई अधिकतम समय आकाशमा उडाउने काम भएको बताउनुभयो । पहिले चारदेखि पाँच घण्टा उडान भर्ने जहाजले अहिले १० देखि १३ घण्टासम्म उडान भर्ने गरेको उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय