भारतीय प्रधानमन्त्री मोदीलाई कठपुतली र आतंककारी भन्ने मालदिभ्सका मन्त्री निलम्बित

२०८० पुष २३, सोमबार
पढ्ने समय : < 1 मिनेट

 

पुस २३

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई इजरायलको कठपुतली र आतंककारी भन्ने मालदिभ्सका तीन मन्त्री निलम्बनमा परेका छन्।
बिहीबार भारतको टापु लक्ष्यदीपमा पुगेर पर्यटन भिडियो सार्वजनिक गरेका मोदीलाई तीन मन्त्रीहरूले सामाजिक सञ्जालमा इजरायली कठपुतली र आतंककारी तथा मुस्लिम विरोधी भनेका थिए।

माल्दिभ्सको अखबार अटोल टाइम्सका अनुसार उनीहरू आइतबार निलम्बनमा परेका छन्। मालदिभ्सका युवा सशक्तीकरण, सूचना तथा कला मन्त्रालयमा काम गर्ने सहायक मन्त्रीहरू माल्सा सरिफ, मारियाम सिउना र अब्दुल्ला मजुद मजिद निलम्बनमा परेका हुन्।

सोमबारबाट चीनको ६ दिने राजकीय भ्रमणमा जान लागेका राष्ट्रपति महोम्मद मैजुको भ्रमण अगाडि तीन मन्त्रीको निलम्बन भएको हो। मोदीविरुद्धको अभिव्यक्ति मन्त्रीहरूबाट आएपछि माल्दिभ्सको विदेश मन्त्रालयले त्यो निजी भनाइ भनेको थियो। अभिव्यक्ति स्वतन्त्रता कसैको मानमर्दनमा लगाउन नहुने भन्दै मन्त्रालयले उचित कदम चालिने बताएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय