चीन सँग भएको ९ बुँदे सम्झौता खारेजीको माग गर्दै जनकपुरमा प्रदर्शन

२०७८ चैत्र १४, सोमबार
पढ्ने समय : < 1 मिनेट

चैत १४
चीनसँग भएको ९ बुँदे सम्झौता खारेजीको माग गर्दै मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन भएको छ ।

राष्ट्रिय एकता अभियानका कार्यकर्ताले स्थानीय जनक चोकमा चीनसँगको सम्झौताबिरुद्ध प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘नौ बुँदे सम्झौता धोका हो, चिनियाँ विस्तारवाद ढोका हो ।, बीआरआई सम्झौता सार्वजनिक गर, चिनियाँ विस्तारवाद मुर्दावाद’लगायतका नारासहित प्रदर्शनमा उत्रिएका थिए ।

प्रदर्शनकारीले सोही क्रममा चीनसँग भएको सम्झौतामा आगो लगाएर जलाएका छन् ।

अभियानका अध्यक्ष विनय यादवले चीनले नेपालमा विस्तार गरेर सैन्य गतिविधी बढाउन खोजेको आरोप लगाएका छन ।

चीनका विदेश मन्त्री वाङ यी नेपाल भ्रमणमा आएको बेला नौ बुँदे सम्झौता भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय