चैत ७
नेपाली कांग्रेस का केन्द्रीय सदस्य प्रदीप पौडेलले केपी शर्मा ओली नेपाली राजनीतिका अराजक पात्र भएको बताएका छन् ।
लमजुङ को मध्य नेपालमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ओलीले दुई तिहाइ मत पाएर सरकार चलाउने म्यान्डेट पाउँदा आफ्नै अहमताले अवसर गुमाएको बताए ।
‘पार्टीभित्र र बाहिर उहाँले कसैलाई सम्मान गर्न सक्नुभएन । उहाँमा बढी नै अहमता छ । सरकारमा हुँदा कार्यकर्तालाई अरिंगाल भएर टोक भन्ने कहिले के भन्ने’ उनले भने ।






