भारतले खोल्यो ल्याटिन अमेरिकामा पछिल्लो दूतावास

२०८० बैशाख १८, सोमबार
पढ्ने समय : < 1 मिनेट

 

बैशाख १८,
भारतले आफ्नो कूटनीतिक दायरा विश्वभर फराकिलो बनाउँदै लगेको छ । एक सय २१ वटा मुलुकमा आवासीय राजदूतावास रहेको भारतले अस्ति डोमिनिकन रिपब्लिकमा पनि आफ्नो दूतावास खोलेको छ ।

दक्षिण अमेरिका र ल्याटिन अमेरिकी मुलुकको भ्रमणमा निस्कनुभएका विदेशमन्त्री एस जयशंकर र त्यहाँका उपराष्ट्रपतिले दूतावासको उद्घाटन गरेको बताइएको छ । अब भारतको १ सय २२ मुलुकमा दूतावास, एक सय १० वटा कन्सुलेट्स र आठ वटा अन्य नियोग छन् ।

अफ्रिकी र ल्याटिन अमेरिकी क्षेत्रमा भारतीय उपस्थिति बढ्दो क्रममा रहेकाले पछिल्लो दूतावास उद्घाटनलाई लिइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । डोमिनिकन रिपब्लिक र भारतबीच सन् १९९९ मा कूटनीतिक सम्बन्ध कायम भएको थियो ।

राजधानी सान्तो डोमिङ्गोमा भारतलगायत विश्वका ३९ वटा मुलुकका आवासीय दूतावास छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय