वैशाख ७,
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) विदेश विभागका उपमन्त्री गुओ येसहउले आफ्नो पार्टी र एमाले मिलेर काम गरिरहने बताएका छन् । चीनमा एक कार्यक्रममा सहभागी हुन गएका एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालसँगको भेटवार्ताको क्रममा उपमन्त्री गुओले सीपीसीले नेपाललाई जत्तिकै नेकपा एमालेलाई पनि महत्त्व दिएको बताए ।
‘हामी हाम्रा दुई पार्टी र समूहको उन्नतिको लागि मिलेर काम गरिरहन्छौं,’ गुओलाई उद्धृत गर्दै रिजालले भने । जवाफमा रिजालले दुई पार्टीबीच आफ्ना धारणाहरू साटासाट गर्दै नजिकको सम्पर्क र लगातार सहकार्य भइरहेको उल्लेख गरे ।
उनले आगामी दिनमा थप सहकार्य गर्ने विषयमा पनि जानकारी उपमन्त्री गुओलाई दिए ।






