चिनियाँ राजदूतद्वारा प्राचीन तिलौराकोटको भ्रमण

२०७९ चैत्र २९, बुधबार
पढ्ने समय : < 1 मिनेट

चैत २९
नेपालका लागि चिनियाँ राजदूत छन् सोङले कपिलवस्तुको प्राचीन तिलौराकोट भ्रमण गर्नुभएको छ । तिलौराकोट राजा शुद्धोधनको राजदरबार एवम् बुद्धले २९ वर्ष बिताएको ठाउँ हो । लुम्बिनी हुँदै प्राचीन कपिलवस्तुमा पुग्नुभएका उहाँले बुद्धस्थल तिलौराकोट भ्रमण गर्नुभएको हो ।

राजदूत सोङलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठीले बुद्धस्थलको ऐतिहासिक पृष्ठभूमि, महत््व, ऐतिहासिक प्रमाण लगायतका विषयमा जानकारी गराएका थिए । तिलौराकोट दरबार क्षेत्रमा पैदल मार्ग हुँदै सोङले तिलौराकोट मा सम्पन्न उत्खननको स्थलगत निरीक्षण गर्नुभयो । उहाँले उत्खननका उपलब्धि र अवस्थाबारे जानकारी लिनुभएको थियो ।
राजदूतले तिलौराकोटको मुख्य दरबार, समयमाई मन्दिर, पश्चिमी र पूर्वीद्वार, सम्पन्न भएको उत्खनन क्षेत्रको स्थलगत अवलोकन गर्नुभयो । उहाँले भ्रमणको क्रममा तिलौराकोट दरबार अत्यन्तै सुन्दर ढङ्गले संरक्षण गरिनुका साथै यस स्थलमा चिनियाँ तीर्थ यात्रीलगायत सम्पूर्ण विश्वभरका आगन्तुकहरूले विश्व शान्ति समृद्धिका लागि पूजा र प्रार्थना गर्न यस स्थलको निरन्तर भ्रमण गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
आफू यस पवित्र स्थलमा भ्रमण गर्दा अत्यन्तै गौरवान्वित भएको र आगामी दिनमा यस स्थलको पुनः भ्रमण गर्ने विचार व्यक्त गर्नुभयो ।

तिलौराकोट क्षेत्रको संरक्षण र विकासका लागि चीन सरकारले नेपाल सरकारसँग हातेमालो गरी कार्यहरू गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । तिलौराकोटलाई छिटो भन्दा छिटो विश्व सम्पदा सूचीमा सूचिकृत गराउन युनेस्कोसँग समन्वय गर्ने राजदूत सोङले बताउनुभयो ।
यसै बिच राजदूत सोङ ले लुम्बिनी भ्रमण गरेका छन ।कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेकुमार त्रिपाठी), सदस्य सचिव सानुराजा शाक्य, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले राजदूत सोङलाई स्वागत गरेका हुन् ।

विभिन्न कार्यक्रमका सिलसिलामा रुपन्देही आएका गृहमन्त्री श्रेष्ठले मायादेवी मन्दिरको दर्शन, अशोक स्तम्भ, पवित्र बगैचा, शान्ति दीपको अवलोकन गरेका हुन् ।

त्यस्तै चिनिया विहारको समेत राजदूतले निरीक्षण गर्नुभएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए । राजदुत ले बुद्ध जन्मस्थल लुम्बिनीको पछिल्लो अवस्था, पर्यटकहरुको अवस्था र विकास निर्माणका सवालमा चासो राखेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय