नेपालमा चिनियाँ हस्तक्षेपको प्रभाव तिब्बती शरणार्थी माथिको अत्याचार ?

२०७९ चैत्र २५, शनिबार
पढ्ने समय : 2 मिनेट

चैत २५
नेपाल मा जहिले पनि चिनियाँ हस्तक्षेप बढी रहेको देख्दा पनि कम्युनिस्ट नेता मौन हुने गरेका छ्न । नेपालको राजनीति देखि लिएर सिमानाका बन्द हुँदा समेत कसैले चु बोलेका छैनन् बरु नाकाबन्दी छैन भनेर एमालेका नेता प्रचार गरेको सुन्न मा आएको छ । कोरोनाको बहानामा चीनले गरेको नाकाबन्दी अहिले खुल्यो भनेर धमाधम समाचार प्रकाशित भएको छ ।

यसको उदाहरण मान्ने हो भने चीन ले सिमानाकामा कडा प्रतिबन्ध लगाएको हो । अहिले नेपालमा ताजा उदाहरण तिब्बती शरणार्थी हरु जसो तसो तर्साउने गरि नागरिकता को मुद्दा उठाएको छ । तिब्बती हरु तिब्बत मा हुने अत्याचार बारेमा बोलेको र उनीहरुको जनजीवन नस्ट पार्ने काम चीन ले गरे पछि तिब्बती हरु भारत नेपाल र अन्य देशमा शरण लिएका हुन ।

चिनियाँ दबाव बाट हो कि अन्य कारण नेपालमा मुलत बसोबास गरेका हुन चाहे त्यो तिब्बती हुन या मधेसी हुन भुटान का नागरिक हुन नागरिकता पाउनु पर्छ । नेपालमा चीन बिरोधि गतिविधि हुन सक्ने अनुमानले चीनको दबावमा तिब्बती नागरिक लाई मानसिक तनाव दिने कार्य शुरु भएको हो ।
नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले एक तिब्बती शरणार्थीलाई पक्राउ गरेको छ । के पुर्ब गृहमन्त्री रबि लामिछाने भन्दा ठुलो अपराध हो र तर नेता लाई जुन नियम मिच्न मिल्ने आम नागरिकले आफ्नो अधिकार पाउन नसकिने ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता लिएकी २७ वर्षकी निमा ल्हामो गुरुङ पक्राउ परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान शुरु गरेको छ ।

उनले निमा ल्हामो गुरुङ नाममै नेपाली नागरिकता बनाएको पाइएको प्रहरीको भनाइ छ । उनलाई प्रहरीले बिहीबार वौद्धबाट पक्राउ गरेको हो ।
२ वर्षअघि तिब्बतबाट भारतको बाटो हुँदै नेपाल प्रवेश गरेकी उनले बौद्ध टुसालमा रहेको शरणार्थी क्याम्पमा बसोबास गर्ने व्यक्तिमार्फत नागरिकता बनाउने गिरोहको सम्पर्क बाट नागरिकता लिएको आरोप छ ।

यसअघि प्रहरीले तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाउन संलग्न ५ जनालाई पक्राउ गरेको थियो । तर अहिले एक्कासि तिब्बती हरु किन टारगेट हुन लागेका छ्न । अमेरिका गएर लामिछानेले अमेरिकी नागरिक हुन पाउने भारतमा नेपाली हातमा लाखौं आधार पत्र बनाउने तर एक पीडित तिब्बती नागरिकले नेपाल बस्ने नागरिकता लिन किन नपाउने ? कहिले नेपाल सरकार चिनियाँ दबावमा रहि रहने हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय