उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथसँग राजदूत शर्माको भेट

२०७९ चैत्र १३, सोमबार
पढ्ने समय : < 1 मिनेट

चैत १३

भारतका लागि नेपालका राजदूत शंकर शर्माले भारतको राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग शिष्टाचार भेटवार्ता गरेका छन् । प्रदेशको राजधानी लखनउमा पुगेका राजदूत शर्माले मुख्य मन्त्री योगीसँग भेटेका हुन् ।
उनीहरुको भेटवार्तालाई लिएर मुख्यमन्त्री योगीको सचिवालय र राजदूत शर्माले ट्वीटमार्फत जानकारी दिएका हुन् । राजदूत शर्माले नेपाल र नेपाली जनताका लागि मुख्यमन्त्री योगीको निरन्तर समर्थन प्रशंसनीय रहेको बताए ।
उनले उत्तरप्रदेशको विकासमा योगीको योगदान सराहनीय रहेको पनि बताए । राजदूत शर्माले ट्वीटरमा भनेका छन्,‘हामीले नेपालको विकास सम्भावना तथा नेपाल र उत्तर प्रदेशबीचको सम्भावित साझेदारीका बारेमा पनि छलफल ग¥यौं ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय