माघ १४
छाला राष्ट्रिय निर्यात उत्कृष्टता पुरस्कार काउन्सिलको भेलालाई सम्बोधन गर्दै गोयलले आयोजकहरूलाई नयाँ कम्पनीहरू, उद्यमीहरू, स्टार्टअपहरू र नवीन विचारहरू लिएर आउनेहरूलाई प्रोत्साहन गर्ने सम्भावनाहरू अन्वेषण गर्न , नयाँ बजार र उत्पादनहरूका साथ नविन क्षेत्रमा प्रवेश गर्न आग्रह गरे।
मन्त्री गोयलले उद्योगले गत वर्षको तुलनामा वस्तु र सेवा दुवैतर्फ उच्च निर्यात हुने अपेक्षा गरेको बताए।
गोयलले छाला उद्योगलाई भारतले विभिन्न देशहरूसँग गरेको स्वतन्त्र व्यापार सम्झौता (एफटीए) लाई उपयोग गर्न आग्रह गरे। उनले यूएईको उदाहरण दिए, जहाँ नयाँ सम्झौताको परिणामस्वरुप गत वर्ष नोभेम्बरमा यस क्षेत्रको निर्यात ६४ प्रतिशतले बढेको थियो।
मन्त्री गोयलले निश्चित प्रकारको छालाको आयातमा भन्सार महसुलमा छाला उद्योगको चासो रहेको बताउँदै त्यसलाई विचार गरिने आश्वासन दिए। उनले निर्यातका लागि पैठारी हुने वस्तुमा कुनै पनि भन्सार नतिर्ने राजस्व विभागको योजनाको फाइदा लिन उद्योग सरोकारवालालाई आग्रह गरे।



उनले भारतीय उद्योगमा ठूलो उपयुक्त सम्भावना रहेको उल्लेख गर्दै उत्पादित वस्तुको गुणस्तर राम्रो भए पनि उत्पादनको मूल्य राम्रो बनाउन प्याकेजिङ र ब्रान्डिङमा बढी ध्यान दिनुपर्ने बताए।
विश्वभरका भारतीय मिशनले आउटरिचको सन्दर्भमा सहयोग प्रदान गर्न मद्दत गर्न सक्ने र उनीहरूलाई ब्रान्डिङ व्यवसायमा संलग्न अन्तर्राष्ट्रिय कम्पनीहरूसँग जोड्न मद्दत गर्न सक्ने पनि उनले बताए।
उनले उद्योगलाई नयाँ लक्ष्य तय गर्न आग्रह गरे। विश्वका अन्य विकसित राष्ट्रहरूसँग थप एफटीए गर्न सरकार प्रयासरत रहेको पनि उनले बताए। उनले छाला तथा जुत्ता उद्योगलाई आगामी २५ वर्षमा उल्लेख्य वृद्धि गर्ने लक्ष्य लिएर सो लक्ष्य हासिल गर्न योजना बनाउन आग्रह गरे। उनले उनीहरूलाई क्षितिज विस्तार गर्न खोज्न–नयाँ क्षेत्रहरू अन्वेषण गर्न र आयात प्रतिस्थापनको लागि भारतमा नयाँ उत्पादनहरू निर्माण गर्न आग्रह गरे।
उनले उद्योगको आवश्यकता पूरा गर्न देशको जुनसुकै ठाउँमा परीक्षण सुविधा र प्रयोगशाला स्थापनाका लागि पूर्ण सहयोग गर्ने आश्वासन पनि दिए।



