माघ ६
नेपालमा चिनियाँ नागरिकहरुको अबैध गतिविधि अहिले विभिन्न स्थानमा तथा विभिन्न परियोजनमा फैलिएको छ । नेपाल सरकार र चीन सरकार बिच एउटा् सम्झौता अनुसार काठमाडौं देखी बेईजिङ हवाई उडान शुरु हुने भएको छ । हिमालयन एयरलाईन्सले शुरु गर्ने उडान नेपालको ध्वाजा बाहक रहने छ । नेपाल सरकारलाई यो जानकारी हुँदा पनि उक्त एयर लाईन्समा चिनियाँ लगानी रहेको छ । काठमाडौं र बेईजिङ बिच हुने उडानले झन अपराधीक गतिविधि बढने सम्भावना पनि बिस्तार हुने छ । जडिबुटीमा चिनियाँहरु को अबैध लगानी छ। उक्त कारोबार पनि मौल्याउने भएको छ । नेपाल बाट सस्तो दरमा जडिबुटी किन्ने र नेपाली जनतालाई नै नक्कली जडिबुटी बेच्ने भएको छ । नेपालको जडिबुटी सिधा चीन लान सहज हुने भएको छ । यसरी नेपाल सिधा उडानको जिम्मेवारी हिमालयन एयरलाई दिदा नेपालले घाटा समेत ब्योहोर्ने भएको छ । नेपालमा पछिल्लो समय नेपालमा बसेर चिनियाँ नागरिकहरु साइबर अपराधमा संलग्न रहेको घटनाहरु बढेका छन् । २ बर्ष पहिले १ सय २२ जना चिनियाँ नागरिक उपत्यकाका विभिन्न स्थानबाट साइबर अपराधको अभियोगमा पक्राउ परेका थिए ।
चिनियाँ नागरिक नेपालीहरुलाई फकाई धन प्रलोभन पारी अपराधीक गतिविधि गर्दै आएका छ्न । पक्राउ परेका ‘दुई चिनियाँको कागजपत्र देखिएको छैन, त्यसैले अध्यागमन कानून अनुसार पनि उनीहरु कारबाहीको भागीदार छन् ‘अन्यको हकमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।’ कार्यालयबाट ४७ लाख ९७ हजार रुपैयाँ पनि बरामद भएको छ, जसको उनीहरुले स्रोत खुलाउन सकेका छैनन् । कार्यालयमार्फत साइबर अपराध जोडिएका गतिविधि भइरहेको प्रहरीको आशंका छ । केही महिना पहिले तिलोत्तमा नगर पालिका मा चिनियाँ नागरिकको मिलिमतोमा अपराधीक कार्यमा सलग्न रहेको खुलासा भएको हो । २ बर्ष पहिले विभिन्न बैंकको एटिएम ह्याकिङ देखि करोडौं रुपैया झिकेका थिए । अपराधीक गतिविधिमा सहभागी चिनियाँ नागरिक जहिले पनि नेपाल सरकारलाई ह्याप्ने गरेका हुन । उत्तरी नाका बाट बिना पासपोर्ट , नेपाल सरकारलाई जानकारी नगराई नेपाल छिरेका हुन । अबैध प्रवेशले नेपालको राजधानी काठमाडौं असुरक्षित भएको हो । यस बिषयमा जुन सरकार आए पनि चिनियाँ कम्युनिस्ट पार्टीको विरुद्ध केही बोल्ने हिम्मत गर्न नसकेको हो । निवर्तमान प्रधानमन्त्री शेर बहादुर देउवाले केही ठोस निर्णय गर्न खोजेको हो । अहिले माओवादी केन्द्र पार्टीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड प्रधानमन्त्री छ्न । चिनियाँ अपराधीहरु माथी नकेल लगाउन जरुरी रहेकोे हो ।
नेपालमा बसेर चिनियाँ नागरिकले साइबर अपराध र ठगीजन्य गतिविधि गरिरहेको सूचना समेत सुरक्षा निकायलाई हुने गरेको छ तर पनि पक्राउ गर्न सकेको छैन । नेपालस्थित चिनियाँ राजदुत मार्फत पत्रकार सम्मेलन गरेर विभिन्न बिषयमा जानकारी दिने गरेको छ तर ई अपराधीक गतिविधिमा सहभागीहरु बारेमा कहिले पनि पत्रकार लाई जानकारी दिन्न । समाचार आए अनि कानमा तेल हालेर न सुने जस्तो गरेको हुन्छ । नेपाल सरकारले चीन सरकारलाई पटक पटक ध्यानाकर्षण गराएको छ तर पनि चीनिया सरकार मौन छ । नेपाल सरकारले पटक – पटक चीन सरकारलाई यस्तो गतिविधि गर्न बाट रोक्न अनुरोध गर्दा समेत मौन हुने गरेको छ । नेपालमा ठमेल बजारको विभिन्न पसल , होटेल , डान्सबार , जस्तो कारोबारमा चिनियाँ लगानी रहेको हो तर त्यो अबैध लगानी हो । चिनियाँ नागरिकको अबैध लगानी रोक्न सरकारले कडा कानुन ल्याउन जरुरी रहेको छ ।






